सयुंक्त शान्तिपूर्ण मोटरसाइकल र्‍याली

दमौली न्युज
  • ख-
  • ख+

दमौली : सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता शुल्क र हिरा तथा बहुमुल्य पत्थरहरूमा लगाएको १३ प्रतिशत भ्याटको बिरुद्धमा दमौलीमा शान्तिपूर्ण मोटर साइकल र्याली निकालिएको छ। तनहुँ सुनचाँदी व्यवसायी संघ र नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ तनहुँले शान्तिपूर्ण मोटरसाइकल र्याली निकालेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त निर्देशनअनुसार असार १३ गते देखि तनहुँ जिल्ला भरिका सम्पूर्ण सुनचाँदी पसलहरू बन्द गरेर आन्दोलनमा सहभागिता जनाउने सम्पुर्ण व्यवसायीहरुलाई तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष हरि गहतराजले धन्यवाद दिएका थिए।

त्यस्तै कर तथा नीतिगत असन्तुष्टिका विरुद्ध जारी यो आन्दोलनलाई निरन्तर साथ दिँदै आएका सम्पूर्ण व्यवसायीहरूलाई नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसाय संघले पनि विशेष आभार व्यक्त गरेको छ ।

त्यस्तै संयुक्त महासंघहरूको निर्णयअनुसारदमौलीको अनसनचौतारी देखि सफासडक हुदै मेनरोड,डाङ्रीखोल्सी, नयाँ वजार,बैकलाई, मालपोतलाई लगायतका स्थानहरुको परिक्रमा गरेर कोणसभा गरीएको थियो।

कोण सभालाई संघका पुर्व अध्यक्ष एवम् नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान सचिव केश बहादुर सुनारले सम्वोधन गरेका थिए भने संघका महासचिव पुर्ण बहादुर विकले कार्यक्रमको सहजिकरण गरेका थिए। शान्तिपूर्ण मोटरसाइकल र्यालीमा जिल्ला भरिका व्यवसायीहरु सहभागी भएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्