सुनचाँदी व्यवसायीहरु थप चरणवद्ध आदोलनमा

दमौली न्युज
  • ख-
  • ख+

दमौली : अव्यवहारिक कर नीतिको विरोधमा तनहुँ सुनचाँदी व्यवसायी संघ र नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ तनहुँले दुई महासंघको निर्देशनमा थप चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। आईतबार संयुक्त बिरोध प्रदर्शन, मौन र्याली गर्नुका साथै तनहुँ जिल्ला प्रसासन कार्यालयको गेटमा एक घण्टा धर्ना गरीएको थियो।

सरकारले सुनचाँदी व्यवसायमा २ प्रतिशत बिलासी कर र मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत लगाए पछि यति बेला तनहुँ सहित देशै भरका सुनचाँदी व्यवसायीहरु थप चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

यसअघिका आन्दोलनका कार्यक्रममा विरोध प्रदर्शन, र्याली सहित वजार परिक्रमा, प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउनुका साथै पत्रकार सम्मेलन लगायतका आन्दोलनका चरणहरू पार गर्दै दोस्रो चरणको आन्दोलनमा सहभागिता जनाएको तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष हरी गहतराजले बताए। उनका अनुसार तनहुँ सुनचाँदी व्यवसायी संघ र नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ, तनहुँले मौन र्याली गर्नुका साथै आईतबार जिल्ला प्रशासन कार्यालय तनहुँको गेटमा एक घण्टा धर्ना दिएको अध्यक्ष गहतराज जानकारी दिए।

त्यस्तै धर्ना कार्यक्रममा “सुनको भन्सार ६% कायम गर ”, “बहुमुल्य हिरा पत्थरमा १३% भ्याट खारेज गर” “सुनमा लगाइएको २% विलासिता कर खारेज गर”, जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर मौन र्याली र धर्नामा सहभागी भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ तनहुँका अध्यक्ष रामु सुनारले बताए ।

चरणबद्ध विरोधका कार्यक्रमहरु माग पुरा नहुँदा सम्म नरोकिने र्यालीमा सहभागी व्यवसायीहरूले जनाएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्