
दमौली : तनहुँका युवा सामाजिक अभियान्ता मोहम्मद गफ्फार( सुदिप)ले व्यास नगरपालिका-६ अमरेनी स्थित श्री इन्दु माध्यमिक विद्यालयमा अध्ययनरत पाँच जना विद्यार्थीलाई पोशाक सहयोग गरेका छन्।१५ असारमा दहि चिउरा खुवाउँदा उठेको संकलित रकमबाट विद्यार्थीलाई पोशाक सहयोग गरेका हुन्।
कक्षा २, ६, ७ र ८मा अध्ययनरत बालबालिकालाई पोशाक सहयोग गरिदिन अनुरोध भए पछि गफ्फारले असार १५ गते दही चिउरा वितरण गरेर सङ्कलित रकमबाट उनीहरुलाई सहयोग गरेका थिए । उक्त विद्यालयका विद्यार्थीलाई करिव ६ हजार बराबरको पोशाक वितरण गरिएको थियो।
अभियान्ता गफ्फारको कामले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै गफ्फारले विद्यार्थीहरुलाई समय-समयमा शैक्षिक सामग्री वितरण गर्दा विद्यार्थीलाई शिक्षा लिन सहजीकरण हुँदै आएको विद्यालयका प्रधानाध्यापक सन्तोष न्यौपानेले बताए ।
गफ्फारले असार १५ गते दही चिउरा वितरण गरी रु २८ हजार ७ सय ५० सङ्कलन गरेका थिए । उक्त रकमबाट विभिन्न विद्यालयका विद्यार्थीलाई सहयोग गरिने उनले प्रतिबद्धता जनाएका छन्। ” हामीले असार १५ लाई १ पर्वको रुपमा मनाइरहेका छौ” यो पर्वबाट संकलित रकम सामाजिक कार्यमा प्रयोग गर्ने पनि युवा अभियान्ता गफ्फारले बताए। कार्यक्रममा सुशील लामगादेले पनि पोशाक वितरणमा कार्यमा सहयोग गरेका थिए।