दमौली अस्पतालमा फलफुल वितरण

दमौली न्युज
  • ख-
  • ख+

दमाैली : लायन्स क्लब अफ दमाैलीको आयोजनामा मंगलबार दमाैली अस्पतालमा रहेका बिरामीहरूलाई फलफुल वितरण गरीएको छ । नवनिर्वाचित अध्यक्षको कार्यभारको अवसर पारी विरामीलाई फलफुल वितरण गरीएको थियो।

दमाैली अस्पतालका प्रमुख डा. परिवर्तन बरालको प्रमुख अतिथिमा भएको सो कार्यक्रम लायन्स क्लब अफ तनहुँ दमाैलीका अध्यक्ष वसन्त जि.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो।

बिरामीहरूको स्वास्थ्यलाभको कामना सहित क्लबले आयोजना गरेको उक्त कार्यक्रममा सामाजिक उत्तरदायित्व प्रति लायन्स क्लबको प्रतिबद्धता झल्काएको अध्यक्ष वसन्त जि.सी.ले बताए। अध्यक्ष जि.सी.ले कार्यक्रममा सहभागी सम्पूर्ण लायन्स पदाधिकारी, सदस्य, तथा अस्पताल परिवारलाई विशेष धन्यवाद प्रकट गरेका थिए ।

फलफुल वितरण कार्यक्रममा क्लबका पदाधिकारीहरू, संस्थापक तथा पूर्व अध्यक्षहरू साथै सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। क्लबले यस्ता विविध सामाजिक कार्य गर्दै आईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्