मालपोतबाट प्रमाणीकरण भई आए पछि लालपुर्जा बितरणको तयारी

दमौली न्युज
  • ख-
  • ख+

दमौली : भुमि समस्या समाधान आयोग तनहुँको बैठकको निर्णयले मालपोत बाट प्रमाणिकरण भई आए पछि लालपुर्जा वितरणको तयारी गरिने भएको छ । भुमि आयोग तनहुँका अध्यक्ष गोविन्द सिलवालको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरिएको हो ।

उक्त बैठकले आयोगबाट नापजाँत भएका स्थानिय वडा पालिका, वडा सहजीकरण समिति र नगरपालिका तथा गाउँपालिकाबाट पालिका स्तरको निर्णयका साथै सिफारिस भएको आधारमा भुमिहिन दलित र भुमिहिन सुकुम्बासीको थप प्रमाणीकरणका लागि मालपोत कार्यलयमा ७ दिनको समय दिई पठाउने निर्णय गरिएको आयोगका बिज्ञ सदस्य श्रीराम कार्कीले बताए ।

उनका अनुसार मालपोतबाट प्रमाणीकरण भई आए पछि छिटो भन्दा छिटो लालपुर्जा बितरणको तयारी गरिने पनि आयोगका बिज्ञ सदस्य कार्कीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्