कृष्ण माया स्मृति प्रतिष्ठानद्वारा बिधालयमा शैक्षिक सामाग्री सहयोग

दमौली न्युज
  • ख-
  • ख+

भिमाद : जय नेपाल आधारभूत स्कुलका
एक सय जना विद्यार्थीलाई कृष्ण माया स्मृति प्रतिष्ठानद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ । भिमाद नगरपालिका–७ निवासी राङरूङ सुनचाँदी पसलका सञ्चालक शालिकराम गहतराजले स्वर्गीय आमा कृष्ण मायाको स्मृति दिवसको अवसरपारि एक कार्यक्रमका बीच विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरीएको हो ।

प्रमुख आतिथि भिमाद नगरपालिका वडा नम्बर ८ का अध्यक्ष अणबहादुर शाहीले कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक बिद्यालयमा मन लगाएर पढ्ने हो भने धेरै शैक्षिक परिवर्तन गर्न सकिने र देशका अब्बल जनशक्ति समुदायिक विधालयमा अध्ययन गरेका नै भेटिन्छन्। उनले भने बिधार्थीलाई हौशला प्रदान गर्न यस्ता शैक्षिक सामाग्री बितरण कार्यक्रमले राम्रो छाप बस्ने र बिधार्थीको पनि मनोवल बड्ने बताए।

भिमाद नगर पालिका वडा न ७ का अध्यक्ष प्रकास श्रेष्ठले हाम्रो गाउँ समाज परिबर्तन गर्न आफ्नो कमाईको केहि अंश सामाजिक कार्यमा लगाएर कृष्ण माया स्मृति प्रतिष्ठानले राम्रो काम गरेको बताए। कार्यक्रममा गहतराजले श्री जय नेपाल आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी ६८ जना यस सँगै शिद्ध ज्योति प्राथमिक विद्यालय पाखुरी चौतारी का १३ जना र बालविधाश्रम प्राथमिक विद्यालयका सिस्नेरीका १२ जना साथै अन्य बिधालयका बिपन्न बिधार्थीको पहिचान गरी ९ जना सहित १००विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेका थिए।

त्यसै गरी, कृष्णा माया स्मृतिष्ठानले पत्रकारिता क्षेत्रमा सक्रिय भुमिका निर्बाह गरे बापत महिला अल्प संख्यक दलितको क्षेत्रमा कलम चलाएको भन्दै रेडियो छिमकेश्वरी एफएम कि समाचार प्रमुख शर्मिला विकलाई नगद ५ हजार ५ र सम्मान पत्र सहित कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै गहतराजले आमाको स्मृतिमा सामाजिक कार्य गर्दा आमाको आत्मालाई शान्ति मिल्ने विश्वास व्यक्त गरे । यसै अवसरमा गहतराजले भिमाद नगरपालिका वडा नम्बर ६ स्थित धर्म माध्यमिक विद्यालय निर्माणका लागि रु.५ हजार पाँच सय पचपन्न आर्थिक सहयोग समेत प्रदान गरेका थिए ।

कार्यक्रममा बिधालय ब्यबस्थापन समिति सदस्य होम नारायण श्रेष्ठ ,अमर शिङ थापा बिधालयका प्र अ बुद्दी बहादुर भरजेल भिमाद नगरपालिका वडा नं ७ र ८ सदस्य रन्जना परियार ,पार्बती परियार लगायतले शुभकामना मन्तव्य राखेका थिय। स्वागत मन्तब्य शिक्षिका जमुना बस्यालको रहेको थियो भने कार्यक्रमको सहजिकरण शिक्षक कृष्ण सुबेदीले गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्