
देव गजमेर
काठमाण्डौ : सरकारले बजेट मार्फत सुन र सुनका गरगहनाहरूमा २ प्रतिशत विलासिता कर र हिरा,जवाहरात लगायतका बहुमूल्य वस्तुहरूमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सम्बन्धी निर्णयको खारेजीको माग गर्दै व्यवसायीहरु अनिश्चित कालिन व्यवसाय बन्द गरी आन्दोलनमा उत्रियका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ तथा नेपाल सुनचाँदी रत्न आभुषण महासंघ द्वारा बिरोध प्रदर्शन कार्यक्रम सार्वजनिक गर्दै आन्दोलनमा उत्रियका हुन् ।
काठमाण्डौको न्युरोडमा शुक्रबार गरिएको बृहत र्यालीलाई सम्बोधन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीले जव सम्म राज्यले हामी सुनचाँदी व्यवसायीहरुलाई निधक्क रुपमा व्यवसाय संचालन गर्न दिदैन तव सम्म हाम्रो आन्दोलन निरन्तर रहने बताए । उनले भने पेशा व्यवसाय संरक्षका निम्ति आफु रगत बगाउन समेत तयार हरको उनको भनाई थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष एवम् विशिष्ट सदस्य मोहन विश्वकर्माले खवरदारी सभालाई सम्बोधन गर्दै कार्यक्रममा सहभागिता जनाएका थिए ,सरकारले लगाएको अनावश्यक विलासित कर र भ्याट नितिको विरुद्धमा आफुहरु निरन्तर रुपमा व्यवसायीहरुको माग पुरा नभए सम्म आन्दोलन गरि रहने पनि आन्दोलन परिचालन समितिका अग्रज व्यक्ति विश्वकर्माले बताए । अब्यवहारिक कर नीतिको विरोधमा अनिश्चितकालिन ब्यवसाय बन्दको घोषणामा देशै भरिका व्यवसायी तथा कालिगढहरुले यो आन्दोलनमा सहभागि भएर सहयोग गर्न पनि खवरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले अपिल गरे ।