
दमौलीः व्यास नगरपालिका वडा नं. ३ स्थित देउरालीनगर सामुदायिक सिकाइ केन्द्रको आयोजक र श्री शिव पाञ्चायन र महर्षि वेदव्यास मा.विको सह आयोजकमा एक दिने अभिभावक शिक्षा तालिम सम्पन्न भएको छ । व्यास नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अनुप रानाको प्रमुख अतिथिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रशिक्षकको रुपमा सामाजिक विकास कार्यालय प्रमुख श्री विदुर हरि आचार्य, पोषण सम्वन्धि आधारभूत केरावारी स्वास्थ्य चौकी केन्द्र, केरावारी इन्चार्ज श्री सरिता मिश्र, सम्झना अधिकारी र शिक्षा तथा सामाजिक विकास कार्यालय व्यास नगरपालिका अधिकृत नविन पराजुलीले प्रशिक्षण दिएका थिए ।

त्यस्तै कार्यक्रममा व्यास नगरपालिका वडा नं. ३ का वडा सदस्यहरु दधिराज घिमिरे, श्रीमाया वि.क, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ तनहुँ जिल्ला अध्यक्ष विष्णुभक्त न्यौपाने, वि.व्य.अध्यक्ष तिल कुमार थापा, शि.अ.संघ अध्यक्ष श्री रिखुराम वि.कको उपस्थित रहेको थियो ।
सामुदायिक सिकाई केन्द्र कोषाध्यक्ष ओम व.थापा, सामुदायिक सिकाई केन्द्र परिचालिका शान्ता प्रभा सोती लगायत पदाधिकारी तथा सल्लाहकार माया सोतीको पनि उपस्थिति रहेको थियो । कार्यक्रम माथि शिव पाञ्चायन मा.विका प्र.अ श्री तोया गिरीले प्रकाश पारेका थिए ।

सामुदायिक सिकाई केन्द्रका अध्यक्ष बाबुराम वगालेको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य महर्षि वेदव्यास संस्कृत मा.विका प्र.अ.चेत नारायण लामिछानेको रहेको थियो भने कार्यक्रमको सहजीकरण शिव पाञ्चायन मा.वि.का निवर्तमान प्र.अ. श्री वलराम वाग्लेले गरेका थिए । दुई ओटै विद्यालयका अभिभावकहरु करिव १६० जनाकको उपस्थिति रहेको शिव पाञ्चायन मा.विका स.प्र.अ. एवम् सुचना अधिकारी हेमलाल घिमिरेले जानकारी दिए ।