अखिल नेपाल शिक्षक संगठन तनहुँका अध्यक्ष घिमिरेको, शिक्षा क्षेत्रको बजेट व्यवस्थापन गरि दिन माग

दमौली न्युज
  • ख-
  • ख+

दमौली : अखिल नेपाल शिक्षक संगठन तनहुँ समितिले १० ओटै स्थानिय तहलाई १८ बुँदे बजेट व्यवस्थापन सहितको अनुरोध पत्र बुझाईएको छ । आगामी आ.व. २०८२। ०८३ को शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट व्यवस्थापन गरि दिन माग गरिएको हो ।

नेपाल शिक्षक संगठन तनहुँका अध्यक्ष हेमलाल घिमिरेले शिक्षाको मौलिक हक कार्यान्वयन गर्नको लागि आफुले सामाजिक सञ्जाल मार्फत १० ओटै पालिकामा अनुरोध पत्र बुझाएको जानकारी दिए । जस अनुसार अनुरोध पत्रमा शिक्षामा न्युनतम २० प्रतिशत बजेट विनियोजित गर्नु पर्ने, विद्यालयमा आवश्यकता र औचित्य आधारमा बजेट विनियोजन गरिनु पर्ने,विद्यार्थी प्रतिभा पहिचानको लागी बजेट प्रबन्ध गरिनु पर्ने,विद्यार्थी पढ्दै कमाउदै नीति अवलम्बन गरि बजेटको व्यवस्था गरियोस् ,निःशुल्क शिक्षा व्यबहारमा लागू हुने गरि बजेट व्यवस्थाको माग गरिएको छ ।

त्यसै गरी मन्टेश्वरी र विषयगत तालीमको लागी बजेट व्यवस्थाको माग गर्दै,इमान्दार ,मिहिनेती ,लगनशील र आफ्नो विषयमा शत प्रतिशत उत्तीर्ण गराउने ECD शिक्षक,शिक्षक र विद्यालय कर्मचारी सम्मानित हुने वातावरण मिलाउनु पर्ने अनुरोध  गरिएको छ । विद्यालय कर्मचारी (लेखापाल र कार्यालय सहयोगी) र ECD शिक्षक सङ्घीय सरकारले दिदै आएको तलव भत्ता अलवा स्थानीय सरकारले दिदै आएको रकम निरन्तर हुने व्यवस्था गरिन पर्ने, स्थानीय स्तरमा शैक्षिक महोत्सवको लागी बजेटको व्यवस्था, स्थानीय तहले नियुक्ति गरिएका स्वमसेवक शिक्षकको दशै भत्ता र पोशाक व्यवस्था हुने गरि बजेट विनियोजित, मा वि तहमा नर्स र खेलकुद शिक्षक प्रबन्ध हुने व्यवस्था मिलाईनु पर्ने माग गरिएको छ ।

साथै वडामा नमूना विद्यालय घोषणा गरि सोही अनुसार बजेट व्यवस्ताको माग,प्र अ लाई कम्तिमा रु ५००० भत्ताको व्यवस्था ,सस्थागत र सामुदायिक विद्यालयका नीजी शिक्षक श्रम शोषण नहुने प्रबन्ध,कथित दरबन्दी मिलानको नाममा शिक्षक तथा कर्मचारीलाई हतोत्साहित र निरुत्साहित हुने वातावरण बन्द गरियोस्,स्थानीय पाठ्यक्रम कार्यान्वयन लागी रकम व्यवस्थाको माग,विद्यार्थीलाई शैक्षिक भ्रमण ,खेलकुद सामग्री र शैक्षिक सामग्री खरिदको रकम व्यवस्था गरियोस् ,विद्यालय अनुगमनका लागी आवश्यक बजेट व्यवस्था गरिनु पर्ने लगाएतका माग लागु गरि दिन अनुरोध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्