
दमौली: एलायन्स क्लव अफ तनहुँका उपाध्यक्ष महेश वाग्लेद्वारा निर्माण गरिएको विस्वास गर नामक म्युजिक भिडियो एक कार्यक्रमका बीच विमोचन गरिएको छ। विमोचन कार्यक्रमको उद्घाटन गर्दै व्यास नगर उप- प्रमुख ईन्दिरा दरैले समाज र देशको विकास युवा शक्तिबाट सम्भव रहेको बताएकी छन।
युवा शक्तिमा आत्मानुशासन ,धैयता र निष्ठा आवश्यक रहेको बताउदै नगर उप- प्रमुख दरैले एलायन्स क्लवले पछिल्लो समय विभिन्न सामाजिक गतिविधिमा सक्रिया देखाउदै उदहारणीय र अनुकरणीय कार्य गरेको भन्दै धन्यवाद दिईन। नगर उप- प्रमुख दरैले
यस्ता खाले गतिविधिले समाजलाई सचेत गराउदै सिर्जनात्मक र रचनात्मक कदम चालेको बताईन
।
नेपाल पत्रकार महासघका सहसचिव किरण श्रेष्ठले क्लवले विभिन्न समयमा सामाजिक जागरणका महत्त्वपूर्ण कार्य गरेको भन्दै खुसी व्यक्त गरे समाजको रुपान्तरण युवा वर्गबाट सम्भव भएको बताउदै रचनात्मक गतिविधिमा निरन्तरता दिनुु पर्ने बताए । कार्यक्रममा गण्डकी वाङ्मय प्रतिष्ठानका पुर्व अध्यक्ष अर्जुन अधिकारी,अधिवक्ता विष्णु हड्खले,मेडिकल व्यवसायी राजु दाहाल,सामाजिक अभियान्ता सुदिप गफार,रोट्रयाक कल्व अफ तनहुँका अध्यक्ष दोय गोविन्द तिमल्सिना र रवि अधिकारी,क्लवका पुर्व अध्यक्ष अजित पन्थ ,क्लवका पुर्व अध्यक्ष सुदिप पौडेल लगाएतका वक्ताहरुले म्युजिक भिडियो र कलवले गरेको गतिविधिका विषयमा चर्चा गरेका थिए।
कार्यक्रममा म्युजिक भिडियोका नायक चर्चित मोडल महेश वाग्ले र अर्का नायक प्रवास भट्ट, सोही म्युजिक भिडियोकी नायिका अस्मिता श्रेष्ठ , नायिका अनु सुनार लगायतलाई व्यास नगर उपप्रमुख ईन्दिरा दरैले सम्मान गरेकी थिईन। कार्यक्रमको सहजिकरण क्लवका सचिव सुशन पन्थले गरेका थिए भने क्लवका अध्यक्ष अमित कैनीको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त म्युजिक भिडियो गायक दीपक लिम्बु ,रचनाकार सागर उदास अभिनय महेश वागले प्रवासभट्ट अनु सुनार अस्मिता श्रेष्ठले गरे भने Cinematography कथा सम्पादक सुशन पन्थले गरेका थिए।