
दमौली : तनहुँको व्यास नगरपालिका-१३ बेनीकोटमा अबस्थित श्री बेनीमित्र प्राथमिक विद्यालयका विद्यार्थीलाई तनहुँका युवा सामाजिक अभियान्ता महम्मद गफ्फार(सुदिप)ले बिधालय पोशाक सहयोग गरेका छन् । विद्यालयमा अध्ययनरत पाँच जना विद्यार्थीलाई उनले बिहीबार विद्यालय पोशाक सहयोग गरेका हुन् ।
बिधालयका प्रधानाध्यापक किशोर सुनमले आर्थिक रुपमा कमजोर भएका बिधालयका ५ जना बिद्यार्थीलाई सहयोग गरिएको बताए । उनका अनुसार आर्थिक रुपमा विपन्न विद्यार्थीलाई पोशाक सहयोगका लागि विद्यालयबाट माग भए पछि सहयोग गरिएको थियो ।