ब्राहमण समाज भिमाद नगर समितिका पाँचौ साधरण सभा सम्पन्न

दमौली न्युज
  • ख-
  • ख+

भिमाद : ब्राह्मण समाज नेपाल भिमाद नगर समितिको पाँचौ साधरण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभा नगर समितिका अध्यक्ष इश्वरी सुवेदीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा भिमाद नगरप्रमुख दधिराज सुवेदी रहेका थिए ।

सो अवसरमा सुवेदीले एकता नै बल भएकोले सबै मिलेर अघि बढ्न जरुरी रहेको बताए । बाह्मण समाज नेपाल तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेले समाज गठन गर्नु पर्ने कारण, संगठन विस्तार ब्राहमण आचरण र कर्तव्यको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा तनहुँ जिल्लाका सचिव कृष्णहरी गैह्रे , कोषाध्यक्ष गंगाप्रसाद पोखेल, जिल्ला सदस्य प्रदीप घिमिरे, भिमाद नगर समिति निर्वाचन संयोजक चन्द्रप्रकाश सुवेदी, हरिभक्त सिग्देल, माधवचन्द्र गैह्रे लगायले धर्म संस्कृति र संस्कार जोडिएर मात्रै सभ्य समाज हुने हुँदा सबै एकताबद्ध हुन आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

उक्त सभामा ब्राहमण समाज भिमाद नगर समितिको उन्नयनमा योगदान पुर्याउने बद्री सुवेदी, लक्ष्मण अधिकारी, हरिशरण गैह्रे, जसुदा खनाल ओमकार सिग्देल, शंकर वाग्ले र दामोदर लम्साललाई नगर प्रमुख सुवेदी र समाज तनहुँका अध्यक्ष पाण्डेले दोसल्ला ओडाएर र प्रमाणपत्र प्रदान गरि सयुक्त रुपमा सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी