सुनचाँदी व्यवसायहरु विलासिता कर र भ्याट खारेजीको माग सहित विरोधमा,बुझाए सयुक्त ज्ञापनपत्र

दमौली न्युज
  • ख-
  • ख+

दमौली: सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य मार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरत लगायत बहुमूल्य बस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरे पछि व्यवसायी हरुले त्यसको खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

नेपाल सुनचादी व्यवसायी महासंघको निर्देशनमा तनहुँ सुनचाँदी व्यवसायी संघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघले संयुक्त रुपमा विरोध र्याली विहिबार दमौली बजारमा निकालेका थिए अनसनचौतारी बाट सुरू गरीएको र्यालीमा
व्यवसायीहरुले बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर, सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर, सुनको भन्सार ६ प्रतिशत कायम गर लगाएको प्लेट कार्ड सहित दमौली बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा गई प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको तनहुँ सुनचाँदी व्यवसायी संघ का अध्यक्ष हरि गहतराजले बताए।

त्यसै गरी सरकारले सुनमा लगाइएको विलासिताको कर र भ्याट खारेज गर्न विरोध र्याली सहित ज्ञापनपत्र बुझाएको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवासायी संघ अध्यक्ष राम सुनारले बताए ।

सरकारले व्यवसायीको माग सम्बोधन नगरे शसक्त आन्दोलनमा उत्रिने

नेपाल सरकारले सुनचाँदी व्यवसायीहरूको माग सम्बोधन नगरे शसक्त आन्दोलनमा उत्रिने सुनचाँदी व्यवसायीहरूले बताएका छन् । व्यवसयीमैत्री एवं उपभोक्तामुखी प्रष्ट नीति नियमावली र निर्देशिका निर्माण गर्न सरकारसँग पनि माग गरीएको छ । पत्रकार सम्मेलनका प्रमुख अतिथी तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा विशिष्ट सदस्य मोहन कुमार विक, महासंघका केन्द्रीय सदस्य विनोद कुमार वि क,केस बहादुर सुनार लगायत ले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका केन्द्रीय सदस्य सोम बहादुर विक, प्रदेश सचिव शालिकराम गहतराज लगायत सम्पुर्ण व्यवसायीहरूको उपस्थिती रहेको थियो। कार्यक्रमको सहजिकरण तनहुँ सुनचाँदी व्यवसायी संघका महासचिव पुर्ण बहादुर विक ले गरेका थिए। देशैभरका सुनचाँदी
व्यवसायीहरूले विहिबार र शुक्रबार पसल बन्द
गरी शान्तिपुर्ण र्याली गरि विरोध जनाका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी