दमौलीमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदै , प्रतियोगिताको तयारी पुरा

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको दमौलीमा यहि जेठ २८ गते देखि सञ्चालन हुने सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । नमस्ते देउराली युथ क्लवले व्यास-३ अनसनचौतारीको खेल मैदान दमौलीमा प्रतियोगिता आयोजना गरेको हो ।

स्थानिय स्तरमा खेल हुने भएकोले पनि उत्साह उमंग देखिएको पाइन्छ ।त्यसैले प्रतियोगिताले समग्र व्यास नगरपालिका मात्रै नभई सिङ्गो तनहुँको खेलकुद क्षेत्रको विकासको जगेर्ना गर्ने विश्वास गरिएको छ।

जेठ २८ गते देखी सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले नगद रु. ५५ हजार ट्रफी, मेडल र प्रमाण-पत्र, द्वितीयले नगद रु. २७ हजार ट्रफी, मेडल र प्रमाण-पत्र ,तृतीयले रु. १५ हजार ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई नगद पुरस्कार ‌र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताईएको छ । पुरुष भलिबलको टिम दर्ता शुल्क रु ५ हजार रहेको आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्