
दमौली: शिव पाञ्चायन माध्यमिक विद्यालयको रजत जयन्तीको अवसरमा पुर्व विद्यार्थी समेत रहेका विन्धवासिनी सुनचाँदी पसलका प्रोप्राईटर समर विकले शैक्षिक सामग्री सहयोग गरेका छन्
विद्यालयमा पढ्न सहज होस भनेर कपी र कलम सहयोग गरेका हुन । विपन्न बालबालिकालाई रजत जयन्तीको अवसरमा शैक्षिक सामग्री सहयोग गर्न पाउदा खुशी लागेको विकले बताए ।

कक्षा १० सम्म पठनपाठन हुने सो विद्यालयमा हाल २ सय २२ जना विद्यार्थी अध्ययनरत छन् ।