स्कुलको रजत जयन्तीमा निःशुल्क स्वास्थ्य परीक्षण

दमौली न्युज
  • ख-
  • ख+

देव गजमेर

दमौली : शिव पाञ्चायन माध्यमिक विद्यालयले स्कुलको स्थापना भएको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउने भएको छ । रजत जयन्तीको अवसरमा दुई दिन विविध कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो । विद्यालयले पहिलो दिन निःशुल्क स्वास्थ्य परिक्षण,सरफाई संचालन गरेको छ ।

व्यास नगरपालिका वडा नं. ३ देउराली नगर स्कुलको प्राङ्गणमा भएको निशुल्क स्वास्थ्य परिक्षणमा सुगर, प्रेसर,तौलको परिक्षण गरि,अलि समस्या भएका विरामीहरुको लागि निशुल्क औषधी दिनुका साथै परामर्श दिईएको थियो । सो अवसरमा करिव १०० जना विरामीले सेवा लिएका र औषधिको समेत व्यवस्था गरिएको मुल समारोह समितिका संयोजक विष्णुभक्त न्यौपानेले जानकारी दिए । उनका अनुसार रत्नहरी हस्पिटल,दमौली हस्पिटल र केराबारी स्वास्थ्य कर्मीको सहयोगमा परिक्षण गरिएको थियो ।

स्वास्थ्य परिक्षणमा करिव १२ जना स्वास्थ्यकर्मिहरुको सक्रियता रहेको थियो । कार्याक्रममा निःशुल्क स्वास्थ्य परिक्षणका सयोजक तथा व्यास ३ का वडा सदस्य दधिराज घिमिरे,जिल्ला समन्वय समितिका सभापति शान्तिरमण वाग्ले, व्यास ३ की वडा सदस्यद्धाय श्रीमाया वि.क.,विनु श्रेष्ठ, दमौली हस्पिटलकी डा.अनु तिमिल्सेना,सि.अ.हे.व. दिनेश पण्डित,सामुदायिक महिला स्वयंसेविका व्यास अध्यक्ष माया देवि सोति,केरावारी आधारभुत स्वास्थ्य केन्द्रकी ईन्चार्ज सरिता मिश्रको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष नेत्ररानाभाट,पुष्प श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर थापा,शिक्षक अभिभावक संघका अध्यक्ष रिखुराम वि.क.सा.प्र हेमलाल घिमिरे, शिक्षक शिक्षिका, विद्यार्थि लगायतको सहभागिता रहेको थियो । यसै अवसरमा विद्यार्थी तथा शिक्षकहरुले पनि स्वास्थ्य परिक्षण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्