गण्डकीमा कोरोनाबाट मृत्यु हुने ५२ पुगे

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउने ५२ पुगेका छन् । बागलुङ नगरपालिका १३ की ४८ वर्षीया महिलाको आइतबार मृत्यु भएको हो ।

उनको कुश्मा नगरपालिका ५ मा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मधुमेहकी बिरामी उनको रिपोर्ट आइतबार पोजेटिभ आएको थियो । संक्रमणबाट तनहुँका नौ जनाको ज्यान गएको निर्देशनालयले उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्