
दमौली : पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा बस र मोटरसाइकल बुधबार दिउँसो ३ः३० बजे ठक्कर खाँदा मोटर साइकल चालकको मृत्यु भएको छ । थर्पुबाट दमौली जाँदै गरेको ग १ ख ९३९९ न.को बस र बिपरीत दिशाबाट जाँदै गरेको ग १७ प ५१४६ न.को मोटरसाइकल एक आफ्समा ठक्कर खाइ दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कास्की माछापुछ्रे गाउँपालिका–४ बस्ने बर्ष २४ को सरोज पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले बताए । दुर्घटनामा सख्त घाइते भएका पौडेलको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा ३ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसका चालक तनहुँको शुक्लागण्डकी न.पा.वडा नं.१० बस्ने बर्ष ३४ को तारापति शर्मालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।