
दमौली : “दलित एकता आजको आवश्यकता विभेद रहित समाज निर्माणको लागि सम्पूर्ण नेपालीको सहभागिता” भन्ने मुलनारा सहित संयुक्त राजनतिक दलित संघर्ष समिति तनहुँले दमौलीमा जेठ २१ गते कार्यक्रम गर्ने भएको छ । २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई “जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको स्मरणमा गर्दै सोहि दिन ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस
मनाउन लागेको हो ।
राज्यले कानुन मात्र बनाएर हुदैन यसलाई ब्यवहारमा पनि लागु गर्नु पर्छ भनि समितिले दवाव मुलक कार्यक्रम गर्न लागिएको संयुक्त राजनतिक दलित संघर्ष समितिका सचिव शालिकराम गहतराजले बताए। उनका अनुसार सोहि कार्यक्रम प्रतिनिधीसभा सदस्य माननिय चन्द्र बहादुर बिश्वकर्मा,माननिय सासंद भुबन सुनार ,माननिय सासंद पदम परियार लगायतले सम्बोधन गर्ने भएका छन्। साथै कार्यक्रममा तनहुँ जिल्लाका स्थानिय सरकार प्रमुख, प्रमुख जिल्ला अधिकारी लगाएतका अतिथिहरूको पनि सम्बोधन रहने छ ।
उक्त कार्यक्रम दमौली सभाहल दमौलीमा हुने र कार्यक्रम स्थलमा आउनका लागि सहज होस् भनेर यातायातको ब्यबस्था पनि रहेको संघर्ष समितिले जनाएको छ।जातिय भेदभाव गर्न नपाईने स्पष्ट कानुनी व्यवस्था भएपनि पछिल्लो समय जातिय भेदभाव तथा छुवाछुतका घटना वृद्धि भइरहेको छ।