भानु नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट पूर्व तयारी

दमौली न्युज
  • ख-
  • ख+

भानु: भानु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट तयारीलाई प्रभावकारी बनाउन छलफल गरेको छ। नगर कार्यपालिकाको कार्यालय फुस्रेटारमा आयोजित कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, जनप्रतिनिधि, विभिन्न राजनीति दलका प्रतिनिधिहरु, नागरिक समाज, पुर्व जनप्रतिनिधिहरु, विषयगत शाखा प्रमुख, शिक्षक प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले नीति निर्माण, बजेट विनियोजन तथा कार्यक्रमको प्राथमिकता निर्धारणका विषयमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै नगर प्रमुखले सहभागितामूलक योजना निर्माणको आवश्यकता औंल्याउँदै स्थानीय स्तरका जनप्रतिनिधि र बासिन्दाको सुझावलाई प्राथमिकता दिएर बजेट बनाउने प्रक्रिय थालिएको बताए ।

भानु नगरपालिकाले यस्तो छलफलमार्फत स्थानीय आवश्यकता र प्राथमिकता समेट्ने प्रयास गरेको छ, जसले गर्दा नीति तथा बजेट जनउत्तरदायी र प्रभावकारी बन्ने विश्वास लिइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्