वार्षिक बजेट तर्जुमाका लागि व्यास –३ को वडा भेला

दमौली न्युज
  • ख-
  • ख+

दमौली: आर्थिक वर्ष २०८२–०८३ को वार्षिक योजना तर्जुमाका लागि बस्ती तथा टोलस्तरीय वडा भेला सम्पन्न भएको छ। व्यास नगर पालिका वडा न – ३ को आयोजनामा वडा भेला गरीएको हो।

उक्त कार्यक्रमको जिल्ला समन्वय समितिका सभापति शान्ति रमण वाग्लेले व्यानर पढेर उद्घाटन गरेका थिए। सो अवसरमा बोल्दै सभापति वाग्लेले टोल बासीको भावनालाई समेटेर विकासमा फड्को मार्ने गरी योजना बनाएर अघि बढ्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा वडाध्यक्ष अनुप रानाले सीमित स्रोत र साधनले भ्याएसम्म आफूले प्राथमिकताका साथ वडावासीको माग सम्बोधन गर्न सफल भएको बताए ।उनले जनप्रतिनिधि र वडाका कर्मचारीका करणले कुनै सेवाग्राहीहरुले दु:ख पाउन नपरोस् र पाउनु पनि हुदैन भन्ने सोच रहेको बताए।

कार्यक्रममा पूर्व वडा अध्यक्ष ,समाज सेवी, विभिन्न टोलका अध्यक्ष तथा प्रतिनिधि, प्रधानाध्यापक, विभिन्न धार्मिक संस्थाका अध्यक्ष लगायतले अघिल्लो आर्थिक बर्षको बजेटको आकारअनुसार वडाले सराहनीय कार्य गरेको भन्दै आगामी दिनमा पनि सबैको रायसुझावका आधारमा बजेट विनियोजन गर्न सुझाव दिएका थिए।

वडा सदस्य श्रीमाया वि कको स्वागत मन्तव्य थियो भने वडा सचिव सावित्री आचार्यले कार्यक्रमको सहजीकरण गर्नुका साथै सुझाव संकलन पनि गरेकी थिईन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्