मादी नदीको पुलमा बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु,२ जना घाईते

दमौली न्युज
  • ख-
  • ख+

दमौली:  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका– ३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

मृत्यु हुनेमा व्यास– ५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन थापा मगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गएराति १२ बजे दमौलीबाट पोखरा तर्फ जादै गरेको ग २ च ५७६० नम्बरको जीप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो ।

दुर्घटना जीपमा चालक सहित पाँच जना सवार थिए । घाईते हुनेहरुमा व्यास नगरपालिका–४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार रहेका छन् । घाइते मध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ । चालक गुट्टाको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्