
दमौली : नेकपा एमाले ब्यास नगरपालिका वडा -९ को वडा कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार सो बैठक सम्पन्न भएको हो ।
बैठकले पार्टी सदस्यता नवीकरण, संगठन विस्तार र विकास निर्माणका कामहरुका बारेमा विशेष छलफल गरेको पार्टी जिल्ला सचिवालय सदस्य एवं भूमि समस्या समाधान आयोग तनहुँका विज्ञ सदस्य श्रीराम कार्कीले बताए।
बैठकमा वडास्तरका संगठनहरूलाई पनि बलियो बनाउने विषयमा छलफल गरिएको थियो भने सहभागिहरुले पार्टीलाई मजबुत बनाउनका लागि हाम्रा प्रत्येक संगठित सदस्यले राजनीतिक तथा सांगठनिक गतिविधिमा सक्रिय सहभागिता जनाउनु पर्ने धारणा राखेका थिए।