गाइघाटमा दुई ट्रक आपसमा ठोक्किदा सात जना घाइते

दमौली न्युज
  • ख-
  • ख+

भरतपुर : चितवनको भरतपुर महानगरपालिका-२९ गाइघाटमा दुई ट्रक एक आपसमा ठोक्किदा सात जना घाइते भएका छन ।

आज (बिहिबार) बिहान ६ः५० बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्वरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्वरको ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका हुन् । दुवै ट्रकमा क्षति पुगेको छ ।

घाइतेको भरतपुरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्