महिलाको शव गोहीले खाएको अवस्थामा फेला

दमौली न्युज
  • ख-
  • ख+

चितवन : चितवन राष्ट्रिय निकुञ्जभित्र नारायणी नदीको किनारमा महिलाको शव फेला परेको छ। भरतपुर महानगरपालिका वडा नम्बर २८ मा पर्ने नारायणी नदीमा टाउको र कम्मरभन्दा मुनिको भाग गोहीले खाएको अवस्थामा हिजो साँझ पानीमा फेला परेको हो।  

शव रहेको सूचना प्राप्त हुँदा साथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको नेतृत्वमा गएको टोलीले शवलाई पानीबाट बाहिर निकालेर मुचुल्का तयार गरी आवश्यक प्रक्रिया पूरा गरेको चितवन प्रहरीले जानकारी दिएको छ। अहिलेसम्म मृतक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

पोष्टमार्टमका लागि शवलाई मध्यबिन्दु अस्पताल पठाइएको छ। प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ। इच्छाकामना न्युज

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्