
भानु : तनहुँको भानु नगरपालिकाको आयोजनामा भानु नगरपालिका भित्र रहेका सहकारीमा आबद्ध लेखा सुपरिवेक्षण समितिका सदस्यलाई २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
उक्त तालिममा सहभागीलाई स्थानीय शासन प्रणाली, सार्वजनिक खर्चको निगरानी, बजेट अनुमान, लेखा परिक्षण प्रक्रिया र पारदर्शिता कायम गर्नुपर्ने उपायहरुका बारेमा जानकारी दिइनुका साथै लेखा सुपरिवेक्षणको काम, कर्तव्य र अधिकारका बारेमा थप प्रष्ट पारिएको थियो।
तालिममा प्रशिक्षकको रुपमा थम्प्स अप कन्सल्टेन्टका संचालक रविन्द्र राज पौडेल र भिमाद नगरपालिका प्रशासकीय अधिकृत अजय सुवेदीले सहजिकरण गरेका थिए । कार्यक्रममा नगरप्रमुख आनन्दराज त्रिपाठी , उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत लगायते याता तालिमले लेखा सुपरिवेक्षक समितिका सदस्यहरुलाई कार्य सम्पादनमा सहजता हुने विश्वास लिए ।
दुई दिने उक्त तालिमले सहभागीहरुलाई व्यबहारिक ज्ञान र कार्यान्वयन क्षमता विकासमा सहयोग पुर्याउने विश्वास लिइएको छ।