दुई महासंघको संयुक्त आयोजनामा वृहत कार्यशाला गोष्ठी

दमौली न्युज
  • ख-
  • ख+

पोखरा : नेपाल सुनचाँदी ब्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघ गण्डकी प्रदेशको संयुक्त आायोजनामा भएको कार्यशाला गोष्ठी पोखरामा सम्पन्न भएको छ । सुनचाँदी कारोवार एवम् निति निर्देशिका लगायत समसामयीक बिषयमा सयुक्त कार्यशाला गोष्टी सम्पन्न गरीएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघ गण्डकी प्रदेश सभापति चन्द्रकिशोर गौतमको अध्यक्षतामा र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारको प्रमुख आतिथीमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दै प्रमुख अतिथी सुनारले केन्द्रमा ३ महासंघ भएता पनि हामीमा कुनै राजनितिले प्रभाव पार्दैन सुनचाँदी ब्यवसायीको हितको लागि सगै मिलेर काम गर्ने बताए ।

हामीले गेरेका काम धेरै अगाडी बडी सकेको छ। सरकारले उपसचिब तहको कार्य दल बनाएर प्रधानमन्त्रीलाई पनि प्रतिवेदन पेस गरेको कुरा सवै माझ प्रस्ट्याएका थिए । प्रतिवेदनमा कहिले के काम गर्ने स्पस्ट लेखेको छ। उनले भने अब सरकार र ब्यवसायीलाई आपनत्व हुने खालको निति नियम र निर्देशिका बनाउन तिनैवटा महासंघ प्रतिबद्धता रहेको जनाउँदै कार्यबिधी र निर्देशिकाको अन्तिम रूप दिई सुझाब संकलन गर्न पनि आग्रह गरे ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण ब्यवसायी महासंघ केन्द्रिय सदस्य सुरज सुनार,नेपाल सुनचाँदी ब्यवसायी महासंघ केन्द्रिय सदस्य राजेन्द्र सुनार,नेपाल सुनचाँदी ब्यवसायी महासंघका सचिव निर्मल दियाली लगायतले शुभकामना मन्तव्य राखेका थिए। त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य सभापति चन्द्रकिशोर गौतमको थियो भने धन्यवाद मन्तब्य नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ गण्डकी प्रदेशका अध्यक्ष राम बहादुर बिक को रहेको थियो।

उक्त कार्यक्रमको सहजिकरण नेपाल सुन चाँदी रत्न तथा आभूषण ब्यवसायी महासंघ गण्डकी प्रदेश महासचिव शालिकराम गहतराजले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्