
भिमाद: भिमाद नगरपालिका वडा नं ७ पोखरीछाप टोलका राधाकृष्ण आमा समुहद्वारा निर्माण शिब मन्दिरको उद्घाटन गरिएको छ । भिमाद नगर पालिकाका नगर प्रमुख दधिराज सुबेदीलै सो मन्दिरको उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सुबेदीले धेरै आमा समुहले भवन,मन्दिर , पाटी पौवा बनाएर संरक्षण हुन नसकेको बताएका छन। हामीहरूले राम्रो संग संरक्षण गर्न नसक्दा धेरै यस्ता मन्दिर जिर्ण अबस्थामा अलपत्र देखेका छौं तर यो मन्दिर अवस्य त्यस्तो नहोला नगर प्रमुख सुवेदीले भने। शिब मन्दिर बनाउन सहयोगको लागि समुहका दिदी बैनीहरू नगर प्रमुख र उप प्रमुखकोमा नधाएको भए मन्दिर नबन्ने पनि जिकिर गरे । नगर प्रमुख सुवेदीले जग्गा दाता हरि प्रसाद सुबेदी र प्याउली बिकले संयुक्त रूपमा मन्दिरलाई जगा दान गरेकोमा धन्यवाद दिएका थिए

आमा समुहका साथीहरुले मनले जितेरै म संग मन्दिर बनाउने प्रस्ताब लिएर आउनु भयो मैले उहाँहरुको मागलाई उपमेर सम्बृद्धि कोसबाट ४ लाख दिएको थिए उपप्रमुख शारदा खनालले भनिन् ।राम्रो मन्दिर बनेकोमा खुशी ब्यक्त गरेकि थिईन् । कार्यक्रममा नेपाली कांर्गेस नगर सभापति अर्बिन श्रेष्ठ ,एकिकृत समाजबादी नगर संयोजक मनिराज आले, भिमाद नगरपालिका वडा नं ७का अध्यक्ष प्रकास श्रेष्ठ, नेपाली कांग्रेस वडा नं ७का सभापति सोमराज सुबेदी ,ने क पा एमाले वडा नं ७ कमिटी अध्यक्ष सालिक राम गहतराज लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य रन्जना परियारले राखेको थिईन् भने कार्यक्रम संचालन अमर सिङ् थापाले गरेका थिए। ।