
सुशील बि.क.
दमौली : तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा कार्यरत युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा विश्व रेडक्रस दिवसको अवसरमा सर्कलले ७८ युनिट रगत सङ्कलन गरेको छ । सर्कलका अध्यक्ष सुमन खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्व्य समिति तनहुँका प्रमुख शान्ति रमण वाग्ले रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथि शान्ति रमण वाग्लेले कार्यक्रमको सम्बोधन गर्दै उनले आपतकालीन समयमा रगत नपाइने अवस्था सिर्जना हुनु भन्दा पहिला नै रगत ब्लड बैंकमा पुर्याउन सकिएमा धेरै जनाको ज्यान जोगाउन सकिने भएकोले रक्तदान आवश्यक रहेको बताए ।
उक्त कार्यक्रममा क्याम्पस संचालक समितिका सदस्य मोहन गिरी,नेपाल रेडक्रस सोसाइटी( नेरेसो) गण्डकी प्रदेश महासचिव रामदक्त पौडेल, नेरेसो तनहुँका मन्त्री सुर्यचन्द्र हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खले र स्ववियु सभापति अनुप आले मगरले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रम नेरेसो क्षेत्रीय रक्त संचार चितवनको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा, नेरेसो तनहुँ जिल्ला जुनियर युवा समितिका संयोजक बिमल गिरी, नेरेसो तनहुँ सदस्य सुमन थापा, नेविसंघ तनहुँ अध्यक्ष अशिष कैनी, उपनायक दिलिप पोखेरल सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, सागर पौडेल, IQAC प्रमुख विश्वशेर तिम्लसेना, विभागिय प्रमुखहरु, कर्मचारी संघ उपसभापति सुद्धसन प्रोखरेल लगायतको उपस्थिति रहेको थियो।
त्यस्तै कार्यक्रममा प्रध्यापक तथा कर्मचारीहरु , स्ववियु पदाधिकारी एवं सदस्यहरु, क्याम्पसमा दर्ता भएको विभिन्न विद्यार्थी विषयगत तथा समाजिक क्लबका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरु, युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको पदाधिकारी एवं सदस्यहरु लगायत विद्यार्थीहरूको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य युरेस आदिकविका शिक्षक नायक रुपक श्रेष्ठको थियो भने कार्यक्रमको सहजिकरण युरेस आदिकवि सचिव मौसमि थापा ले गरेकि थिईन् ।