अतिथी सत्कार तथा होटल व्यवस्थापनका लागि दमौलीमा तालिम

दमौली न्युज
  • ख-
  • ख+

दमौली : होटल व्यवसायी संघ तनहुँको समन्वय तथा व्यास नगरपालिकाको आयोजनामा आज देखि दमौलीमा होटल व्यवसायीका लागि अतिथी सत्कार तथा होटल व्यवस्थापन तालिम सुरु गरिएको छ । बैशाख ३१ गतेसम्म हुने सो तालिमको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।

कार्यक्रममा व्यास नगर पालिकाकी उपप्रमुख इन्दिरा दरै,होटल व्यवसायी संघ तनहुँका अध्यक्ष गिरीबहादुर थापा, होटल व्यवसायी संघ गण्डकी प्रदेशका उपाध्यक्ष एवं पूर्व जिल्ला अध्यक्ष दुर्गाविलास भट्टराईले स्वागत तथा उद्योग पर्यटन तथा रोजगार शाखाका वरिष्ठ अधिकृत राजेन्द्र कार्कीले कार्यक्रम संचालन गरेका थिए।

तालिममा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मी,पर्यटनविद हरिसिं गुरुङ लगायतकाले प्रशिक्षण दिने छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्