भूमि विधेयक संसद्‍मा दर्ता

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ प्रतिनिधिसभामा दर्ता भएको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यो विधेयक मंगलबार प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।यसअघि अध्यादेशबाट परिवर्तन भएका र अध्यादेशमार्फत गरिएका नयाँ व्यवस्थालाई निरन्तरता दिने गरी सरकारले विधेयक ल्याएको हो ।

यसअघि सरकारले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा ल्याएको थियो । यो अध्यादेश ४ माघमा राजपत्रमा प्रकाशित भएको थियो । तर, संसद्‍बाट अगाडि बढ्न सकेन ।सरकारले संसद् अधिवेशन नरहेका बेला अध्यादेश ल्याउन सक्छ । अधिवेशन सुरु भएको पहिलो बैठकमा अध्यादेश प्रस्तुत गर्नुपर्छ । यस्तो व्यवस्था अनुसार हिउँदे अधिवेशनको पहिलो दिन १८ माघ २०८१ मा यो अध्यादेश दुवै सभामा प्रस्तुत भएको थियो ।

त्यसपछि दुवै सदनबाट स्वीकृत गराएर सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याउन सक्थ्यो । तर, सत्तारुढ दलहरूकै बीचमा यो अध्यादेशलाई लिएर विवाद भएपछि सरकारले अगाडि बढाएन ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार विगतमा अध्यादेश ल्याउँदा परिवर्तन भएका र नयाँ व्यवस्थालाई नै समेटेर विधेयक अगाडि बढाइएको छ ।भूमि सम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउने तयारी रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।अनलाइनखबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्