
काठमाडौंः गैर आवासीय नेपाली संघ एनआरएनएका पूर्व महासचिव एवं एनआरएनए अभियन्ता डा. केशव पौडेलले एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठ नेतृत्वको टिमलाई बधाई ज्ञापन गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै उनले आफू एकताबद्ध एनआरएनएको पक्षमा रहेको भन्दै कुनै पनि पदमा नरहेर बाहिरबाट सघाउने बताए ।
‘म जहिले पनि एकताबद्ध एनआरएनएको पक्षमा रहँदै आएको छु,’ उनले भने,‘त्यसैले मैले यसपटक कुनै पनि पदमा नरहेर बाहिरबाटै सहयोग गर्ने निधो गरें ।’
डा. पौडेलले आफूलाई सघाउनकै लागि विभिन्न मुलुकबाट आएका मित्रहरु निराश भएको भन्दै क्षमायाचना गरेका छन् । आफ्ना सुभेच्छुक सबैप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन्,‘आउँदा दिनमा पनि एकताबद्ध एनआरएनए अभियानको लागि क्रियाशील रही रहने विश्वास दिलाउन चाहन्छु।’
हार्दिक धन्यवाद तथा आभार !
एनआरएनए उच्चस्तरीय समितिद्वारा आह्वान गरिएको एकताको महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सफलतापूर्वक सम्पन्न भएको छ। नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठ लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना। म जहिले पनि एकताबद्ध एनआरएनएको पक्षमा रहँदै आएको छु।
त्यसैले मैले यसपटक कुनै पनि पदमा नरहेर बाहिरबाटै सहयोग गर्ने निधो गरें। यसबाट मलाई सघाउनकै लागि विभिन्न मुलुकबाट आउनु भएका मित्रहरु निराश हुनु भएको छ। म यसका लागि क्षमायाचना गर्दछु र, उहाँहरु सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। आउँदा दिनमा पनि एकताबद्ध एनआरएनए अभियानको लागि क्रियाशील रही रहने विश्वास दिलाउन चाहन्छु ।