साहित्यका आमोदीद्धारा मत्स्यगन्धा महाकाव्यको रचना

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँका एक साहित्यकारले ‘मत्स्यगन्धा महाकाव्य’  नामक महाकाव्यको रचना गर्नु भएको छ । केशवराज आमोदीले महाकाव्यको रचना गर्नु भएको हो । महाकाव्यमा व्यास नगरपालिकाको सेरोफेरो र स्थानीय परिवेश झल्कने पौराणिक कथानक झल्किएको साहित्यकार आमोदीले जानकारी दिए ।


चार वेद १८ पुराणका रचयिता भगवान व्याससँग सम्बन्धित विशिष्ट कृति मत्स्यगन्धा महाकाव्यको लोकार्पण  यही वैशाख २६ गते शुक्रबार दिउँसो १ बजे व्यास नगरपालिकाको सभाहलमा हुने भएको छ । महाकाव्यकार आमोदी तनहुँको बन्दीपुर गाउँपालिका–३ सुखौरामा जन्म भै हाल चितवनको रत्ननगर १३ माधवपुरमा बसी साहित्य साधना गर्नुहुन्छ ।

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा महाकाव्यको विमोचन गरिने भएको छ । प्रतिष्ठानको अध्यक्ष गौकुमारी न्यौपानको अध्यक्षमा आइतबार बसेको कार्य समितिको वैठकले महाकाव्यको दमौलीमा विमोचन गर्ने निर्णय गरेको महासचिव अमरराज नहर्कीले जानकारी दिए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्