युवा युवतीका लागि एक महिने कफि बनाउने तालिम

दमौली न्युज
  • ख-
  • ख+

दमौली: व्यास नगरपालिका वडा नम्बर २ को आयोजनामा एक महिने कफि बनाउने तालिम सम्पन्न भएको छ । व्यास नगरपालिकाको सहयोगमा सो तालिम सम्पन्न भएको हो ।

वडामा धेरै नै बेरोजगार युवा युवतीहरु भए पनि वडा कार्यालयले २५ जनालाई  एक महिने आधारभुत वारिष्ता तालिम प्रदान गरेर बेरोजगार युवा यूवतीहरुलाई स्वरोजगार सृजना गरि बेरोजगारी हटाउने व्यास -२ का वडा अध्यक्ष काशिराम श्रेष्ठले बताए ।

वडा सदस्य सुरेश वाग्लेले पछिल्लो समय शहर र गाउँबाट युवा यूवतीहरु विदेश पलायनको दर दिन प्रतिदिन बढ्नु दुःखद् पक्ष भएको बताउँदै स्वदेशमा नै रोजगारीको सृजना गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।

वडा सदस्य जंगत बहादुर बानिया, सविता रसाईली ,रफत साना मिया ,पत्रकार अमरराज नहरर्की, प्रशिक्षक अन्जिल मिया लगायतले युवाहरुलाई स्वरोजगार बताउनुका साथै आयआर्जनको पेशा सृजना गर्न सके विदेशीनेहरुको संख्यामा पनि कमि आउने बताए। तालिममा सहभागीहरुले तालिम पश्चात आफुहरुले छिट्टै व्यवसाय सुरु गरिने पनि बताएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्