स्वास्थ्य मन्त्री पौडेलले भने डायलासिस मेसिन बढाएर लैजान्छौ

दमौली न्युज
  • ख-
  • ख+

देव गजमेर

दमौली: स्वास्थ्य मन्त्री प्रदीप पौडेलले जिपी कोइराला तथा श्वासप्रश्वास उपचार केन्द्रमा हाल ७ वटा मेसिन राखेर डायलासिस सेन्टर शुभारम्भ गरिएको भए पनि भविष्यमा त्यसलाई बढाएर लैजाने प्रतिवद्धता जनाएका छ्न्।

तनहुँको शुक्लागण्डकी नगरपालिका –५ बेलचौतारा स्थित जिपी कोइराला तथा श्वासप्रश्वास उपचार केन्द्रमा रहेको बिहिबार डायलासिस सेन्टरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले सो कुरा बताएका हुन्।

मन्त्री पौडेलले जिपी कोइराला तथा श्वासप्रश्वास उपचार केन्द्रको स्तरोन्नतिका लागि सरकारले विशेष प्राथमिकता राखेको समेत बताएका छन् ।त्यसका लागि निरन्तर रुपमा काम अगाडि बढि रहेको मन्त्री पौडेलको भनाई रहेको थियो ।

स्वास्थ्य मन्त्री पौडेल नेपाल ट्रेड युनियनको कार्यक्रमा सहभागी

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा सहभागि भएका थिए।

सोहि अवसरमा मन्त्री पौडेलले मजदुरलाई अधिकार प्रदान गर्ने विषयमा सरकार प्रतिवद्ध रहेको धारणा राखेका थिए । मजदुरले श्रम गरे अनुसार ज्याला पाउनु पर्नेमा समेत जोड दिएका थिए । मजदुर दिवसका अवसरमा आयोजित कार्यक्रममा कांग्रेसका नेता तथा विभिन्न पेशाकर्मी र मजदुरहरुको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्