शिव मन्दिर तथा १०८ दिपको उद्वघाटन

दमौली न्युज
  • ख-
  • ख+

दमौली : व्यास नगरपालिका वडा नं. ३ मा रहेको व्यास गुफा परिसरमा नवनिर्मित शिव पार्वतीको मुर्ति र १०८ वटा दिप पालाको उद्घाटन सम्पन्न भएको छ । व्यास नगरपालिकाकी उप–प्रमुख तथा प्रमुख अतिथि ईन्दिरा दरैले शिव पावर्तीको मुर्तिमा राखिएको कपडा हटाएर मन्दिरको उद्घाटन गरेकी थिईन् । दमौलीका सुन व्यवसायी दुर्गा बहादुर वि.कले निर्माण गरेका शिव–पावर्तीको मन्दिर र १०८ दिप पाला उप–प्रमुख दरैले सो मुर्ति शान्ती सोरुपनान्द दामोदर बाबालाई हस्तान्तरण गरेकी हुन् ।


उक्त कार्यक्रममा विशिष्ट अतिथी वेद अनयायी प्रतिष्ठानका केन्द्रिय अध्यक्ष आचार्य पण्डित कृष्णकान्त काफ्ले,नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष एव विशिष्ट सदस्य मोहन कुमार सुनार, व्यास –३ का वडा अध्यक्ष अनुप राना लगाएतले मन्तव्य राखेका थिए । त्यसै गरी व्यास–१ का वडा अध्यक्ष रमेश चन्द्र हड्खले, व्यास ४ का वडा अध्यक्ष मन बहादुर गुरुङ अतिथिहरु नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व सचिव केश बहादुर सुनार ,व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषका अध्यक्ष प्रेमप्रकाश भट्टराई ,पराशर आश्रम संरक्षण समितिका अध्यक्ष सत्य प्रसाद खनाल व्यासका अध्यता काशीनाथ न्यौपान लगाएतको उपस्थिति रहेको थियो ।

त्यसै गरी कार्यक्रममा समाजसेवी तथा व्यापारी परशुराम श्रेष्ठ, परोपकार संस्थाका अध्यक्ष तारानाथ घिमिरे, जेष्ठ नागरीकका अध्यक्ष शालिकराम गिरी , परासर भजन संघका अध्यक्ष ईन्द्र प्रसाद वाग्ले, नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य विनोद कुमार वि.क, तनहुा सुनचाँदी व्यवसायी संघका पुर्व अध्यक्ष कृष्ण सुनार, तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष हरि गहतराज, पत्रकार अम्बरराज नहर्की लगाएतको उपस्थित रहेको थियो ।

तनहुँको ऋषिङ गाउँ पालिका वडा नं-६ निवासी स्वर्गीय रुद्रविर विश्कर्मा, स्व. भूलमायाँ विश्वकर्माको स्मृतिमा हाल व्यास ३ निवासी ऋषिङ सुनचाँदी पसलका प्रोपाइटर समेत रहेका छोरा/ बुहारी दुर्गा बहादुर विश्वकर्मा र जुना कुमारी विश्वकर्माले आफ्ना मातापिताको स्मृतिमा उक्त मन्दिर निर्माण गरेकाे बताए।

उक्त कार्यक्रमको सहजिकरण तनहुँ सुनचाँदी व्यवसायी संघका महासचिव पुर्ण बहादुर वि.क.ले गरेका थिए भने स्वागत मन्तव्य मन्दिर निर्माणकर्ता दुर्गा बहादुर वि.कले राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्