
दमौली : क्यान महासंघ तनहुँद्वारा नयाँवर्ष २०८२ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन गरिएको छ । तनहुँको शक्लागण्डकी-४, दुलेगाैंडा स्थित मयुर हाेटलमा एक कार्यक्रमका बीच सम्पन्न गरिएको थियो ।
क्यान महासंघ नेपालका केन्द्रीय सदस्य चिन्तामणि बास्तोला,विशिष्ठ अतिथि, क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष गुणनिधि पाण्डे विशिष्ठ अतिथि क्यान महासंघ केन्द्रका निवर्तमान सदस्य तथा क्यान तनहुँका पुर्व अध्यक्ष तुल्सीराम पाण्डे र क्यान तनहुँका पुर्व अध्यक्ष ईन्द्र बहादुर थापाले संयुक्त रुपमा भित्तेपात्रोको बिमोचन गरेका थिए भने सो अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष सुशील कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्क्रमको संयोजक संस्थाका कार्यसमिति सदस्य कृष्ण प्रसाद भुषाल रहेका थिए । कार्यक्रम संचालन संस्थाका सचिव मिन कुवँरले गरेका थिए।