नियमित विद्यालय संचालन गर्न नगरपालिकाको आग्रह

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिकाले आइतबार देखि नगरपालिका भित्रका सबै विद्यालय सञ्चालन गरिदिन आग्रह गरेको छ । व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले शुक्रबार विज्ञप्ती जारी गर्दै व्यास नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयसँग सम्बन्धित प्रधानाध्यापक, शिक्षकहरुलाई  आग्रह गरेका हुन् ।

 सवै सामुदायिक विद्यालय व्यवस्थापन समितिलाई विद्यालय सञ्चालन गर्न सहयोग पुऱ्याउनुहुन र सम्पूर्ण अभिभावकलाई आफ्‌नो वालवालिका विद्यालयमा उपस्थित गराई पठनपाठन सञ्चालनमा सहयोग गरिदिन समेत आग्रह गरिएको छ ।  

विद्यमान शिक्षक आन्दोलनका विषयमा यसअघि प्रेस विज्ञप्ति जारी गरी आन्दोलनका विषयहरूमा समर्थन र विद्यालय सञ्चालनमा सहयोग पुर्याउन अनुरोध गरिएको विद्दितै छ । शिक्षक आन्दोलनको मुख्य माग विद्यालय शिक्षा ऐन जारी गर्न र आफ्‌ना समस्याहरू ऐनमार्फत सम्बोधन होस् भन्ने विषय सान्दर्भिक नै भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

संसदबाट ऐन पारित गर्न निश्चित प्रक्रिया पार गर्नुपर्ने र त्यसले समय लिन सक्ने हुँदा ऐन जारी नहुँदासम्म शिक्षकहरु विद्यालय सञ्चालनमा सहभागी नहुने सन्दर्भले सामुदायिक विद्यालयमा पढाउने अभिभावक र विद्यार्थीहरुलाई गम्भीर असर पर्ने देखिएको सो विज्ञप्ति मार्फत जनाईएको छ ।

यसै जिल्लाका कतिपय पालिकाहरुबाट समेत यस सम्वन्धमा आफ्‌नो धारणा स्पष्ट गरी विद्यालय सञ्चालनमा सहयोग पुर्याउन आह्वान गरिएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्