
अति विपन्न र कर्मचारीको भने सरकारले गर्ने
काठमाडौंः अब कोरोना परीक्षण आफैं गर्नुपर्ने भएको छ । सरकारले विशेष अवस्थाका बाहेकलाई कोरोना परीक्षण र उपचारको खर्च नदिने निर्णय गरेको छ ।
अब आर्थिकरुपमा विपन्न, अशक्त, असहाय एकल महिला, अति अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी बाहेकका अन्य सबै व्यक्तिले कोरोना परीक्षण वा उपचारको खर्च आजैदेखि तिर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
यससम्बन्धी असोज १० गतेको निर्णयअनुसार यस्तो व्यवस्था गएको बताइएको छ ।
कोरोना बिमा गराएकाको हकमा सोही रकमबाट र बाँकीको हकमा भने निःशुल्क गर्ने भनेर तोकिएका बाहेक सबैको उपचार आफैं गर्नुपर्ने उनले बताए ।
कोरोना परीक्षण र उपचार हालसम्म सरकारले नै निःशुल्क गर्दै आएको थियो ।