
दुलेगौंडा : नेपाल बिद्यार्थी संघ (नेविसं) तनहुँले ५६ औं स्थानमा दिवसमा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरी स्थापना दिवस मनाएको छ। नेविसंघले जिल्लाका विभिन्न पालीका र ईकाई गरी ८ स्थानमा कार्यक्रम सम्पन्न गरेको हो। शुल्कागण्डकी नगरपालिका अन्तर्गत भानुभक्त बहुमुखी क्याम्पसमा आर्थिक सहयोग र वृद्ध आश्रममा फलफूल वितरण गरिएको नेविसंघ तनहुँका सभापति आशिष कैनीले जानकारी दिए ।
कैनीका अनुसार व्यास नगरपलिका अन्तर्गत दमौली अस्पतालमा वृक्षरोपण कार्यक्रम,देवघाट गाउँपालिकामा अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, भानु नगरपालिकामा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिएको थियो। त्यस्तै आदिकवि भानुभक्त क्याम्पसमा शैक्षिक सामग्री र वृद्ध आश्रममा फलफूल वितरण, भिमाद नगरपालिकास्थित जनज्योति क्यापसमा वृक्षरोपण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति , निवर्तमान सभापति , पूर्व सभापति ,महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य , नेबिसंघ केन्द्रीय सदस्य तथा नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । विगतको भन्दा फरक तरिकाले विभिन्न स्थानमा रचनात्मक गतिविधि गरी संगठनलाई मजुबुत बनाउन र अधिबेशन सुरू गर्न जिल्लाको हरेका स्थानमा कार्यक्रम आयोजना गरिएको को छ ।