उद्यमशील पत्रकारिता पुरस्कारबाट तनहुँका तीन पत्रकार सम्मानित  

दमौली न्युज
  • ख-
  • ख+

बन्दीपुर: बन्दीपुर केवलकार “उद्यमशील पत्रकारिता पुरस्कार”बाट तनहुँका तीन जना पत्रकार शनिबार पुरस्कारबाट सम्मानित भएका छन् । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको चौथो साधारण सभाको अवसरमा उद्यमशीलता विकासका लागि सशक्त रुपमा कलम चलाए बापत उनीहरुको उचित मूल्याङकन गर्दै सम्मानित गरिएको हो ।  कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभासदस्य डा. स्वर्णिम वाग्ले लगायतका अतिथीहरुले जनही पुरस्कार राशी ५१ हजार रुपैयासहित र दोसल्ला र प्रमाणपत्रले सम्मानित गरेका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपती अधिकारी, लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराई र जनचाहना न्यूज डट कमका कार्यकारी सम्पादक सम्मानित भएका हुन् ।  


कम्पनीका संचालक एवं पत्रकार तारानाथ उपाध्यायको संयोजकत्वमा गठित समितिले नियमित मापदण्ड अनुरुप तीन जना पत्रकार छनोट गरि संचालक समिति समक्ष सिफारिस गरेको थियो । पर्यटकीय एवं सांस्कृतिकग्राम बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले पत्रकारहरुलाई सामाजिक सक्तिकरणको लागि उद्यमशिलतामा प्रवद्र्धन गर्न स्थापित बन्दीपुर केवलकार “उद्यमशिल पत्रकारिता पुरस्कार” अन्तर्गत पुरस्कृत गर्न लागेको हो । 


उक्त कार्यक्रममा तनहुँ जिल्ला क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्ले,राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगका कार्यबाहक अध्यक्ष जुद्ध बहादुर गुरुङ,प्रदेश सभा सदस्य हरि बहादुर चुमान लगायतका अतिथीले पुरस्कार वितरण गरेका कम्पनीका महाप्रवन्धक डा.रोमनमान श्रेष्ठले  बताए । बन्दीपुरहिल गुरुयोजना नाम दिएको यस परियोजना १५ प्रतिशत हिस्सा संचालनमा आईसकेको छ ।

दुई वर्षभित्र समग्र बन्दीपुरहिल ६ अर्ब २८ करोडको गुरुयोजनालाई पुर्णता दिन खोजिएको गुरु योजनाका अध्यक्ष रामचन्द्र शर्माले बताए। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्