
आँबुखैरेनी: पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, डम्पिङ्गमा तरकारी बोक्ने गाडी र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाईते भएका छन् ।
आँबुखैरेनीबाट मग्लिङ्ग तर्फ जादै गरेको ना. ४ च. ८३८० नम्बरको गाडी र मुग्लिङ्गबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ग. १६ प. १५७० नम्बरको स्कुटर दुर्घटना एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार आँबुखैरेनी –३, का २० बर्षका रुपेश गुरुङ्ग(गेन्जी)को चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
स्कुटर पछाडी सवार आँबुखैरेनी –३, का १९ वर्षका रोहन मगर घाईते भएका छन । उनको बाँया खुट्टामा चोट लागेको र चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले बताएको छ ।