बन्दीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम

दमौली न्युज
  • ख-
  • ख+

बन्दिपुर: राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै भएको प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय उपसभापती डा. स्वर्णीम वाग्ले, पूर्व शिक्षा मन्त्री शिशिर खनाल लगायतका शिर्ष नेताहरूको सहभागीता रहेको थियो ।

यस्तै प्रशिक्षण कार्यक्रममा केन्द्रीय प्रशिक्षण विभाग सदस्य कमल सुवेदी, केन्द्रीय सदस्य मेख आले, गण्डकी प्रदेश प्रशिक्षण विभाग प्रमुख डा. तुलसी खनाल लगायतले प्रशिक्षण गराएको रास्वपा तनहुँका संगठन विभाग प्रमुख अनिल श्रेष्ठले बताए । उक्त कार्यक्रममा गण्डकी प्रदेश समितीका पधाधिकारी हरु, जिल्ला जिल्ला बाट विभिन्न तहका पधाधिकारी हरु सहित कारीब ९० जना पार्टीका सदस्यहरूको सहभागीता रहेको थियो ।

कार्यक्रममा पार्टीको वडा तह सम्म भएको संगठन विस्तार, समिति चयन, मिसन २०८४ लगायतका विषयमा समेत गम्भीर छलफल भएको र पार्टीलाई अझै सशक्त रूपमा अगाडि बढाउन सबै एकजुट भएर लाग्ने निर्णय भएको पनि जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्