टिप्परको ठक्करबाट एक जनाको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ फुस्रेखोलामा शनिबार साँझ टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका-६ बस्ने अन्दाजी १८ वर्षीय मनिष आले मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यस्तै दुर्घटनामा स्कुटरमा सवार १५ वर्षीया अनिषा आले मगर घाइते भएको प्रहरीले उल्लेख गरेको छ ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ५८७५ नम्बरको टिप्पर र विपरित दिशाबाट जाँदै गरेको ग २५ प ५५२२ नम्बरको स्कुटर ठोक्किदा घाइते भएका मनिषलाई प्रदेश अस्पताल दमौलीमा साँझ ६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

दुर्घटनामा घाइते अनिषालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्