नेपाली कांग्रेस व्यास-७ को वडा भेला

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाली कांग्रेस तनहुँको वडा भेला सम्पन्न भएको छ । व्यास-७ का सभापति युवराज गुरुङको अध्यक्षतामा व्यास-७ स्थित कलेस्ती सामुदायिक भवनमा भेला सम्पन्न भएको हो ।

सोही भेलामा प्रतिनिधिको रूपमा नेपाली काङ्ग्रेस तनहुँका पुर्व सह-सचिव केश बहादुर सुनार उपस्थिती रहेका थिए । त्यस्तै अतिथिको रुपमा नेपाली कांग्रेस व्यास-१ का सदस्य कृष्णबहादुर थापाको समेत उपस्थिती रहेको सो कार्यक्रमको सहजिकरण वडा सचिव विनोद कुमार गोशलीले गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य वडा सह-सचिव श्री शिवप्रसाद लामिछानेले गरेका थिए। भेलामा वडा भित्रको राजनैतिक एवं सांगठनिक विषय, क्रियाशिल सदस्य नविकण र नयाँ क्रियाशिल वितरण, वडा भित्रको विकास निर्माण विषयक एजेन्डामा गहन छलफल भएको थियो ।

छलफलमा वडाको विकास निर्माण विषयमा उठेको गुनासोलाई नेपाली कांग्रेस नगर समितिका सदस्य एवं व्यास-७ का वडा सदस्य तथा ब्यास नगरपालिका कार्यपालिका सदस्य निला धिमिरेले वडा भित्र भएको विकास निर्माणको योजनाहरु प्रस्तुत गरेका थिए भने वडा भेलावाट उठेको समग्र जन गुनासोलाई तनहुँका सह-सचिव केश बहादुर सुनारले सल्लाह, सुझाव सहित पार्टीलाई सुदृढ र सवल बनाउन कृयाशिल सदस्यहरुको महत्त्वपूर्ण भूमिका रहने पनि सह-सचिव सुनारले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्