
तनहुँ : तनहुँको बन्दिपुर गाँउपालिका वडा नं. ४ बिमल नगरको चुन पहरामा भिरबाट खसेको ढुङ्गा लागि एक्साभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा एक्साभेटरका चालक व्यास नगरपालिका वडा नंं ७ बस्ने बर्ष अन्दाजी ४० बर्षिय सुक बहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आज दिउँसो करिब ३ः१५ बजेको समयमा बिमलनगरको चुन पहरामा पृथ्वी राजमार्ग सडक खण्डमा सडक निर्माण गर्न प्रयोग भएको चाइनिज कम्पनीको G२-०१३ नं. को एक्साभेटर बिग्रिएर मर्मत गर्ने क्रममा रहेको सोही बिग्रिएको एक्साभेटर मर्मत गरिरहेका गुरुङलाई माथि भिरबाट अचानक खसेको ढुङ्गाले लागि घाइते भएका थिए । घाईते गुरुङलाई तत्काल डुम्रेको अस्पतालमा प्रारम्भिक उपचार गरि थप उपचारको लागी सिएसि भरतपुर चितवन रिफर गरिएको थियो ।
ढुङ्गा लागेर घाइते उनलाई मोती मेडिकल हलमा प्रारम्भिक उपचार पश्चात् चितवन मेडिकल कलेज पठाइएकोमा उनको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।