
दमौली : जिल्लाको डुम्रे–बेशीसहर सडक खण्डमा शुक्रबार बस पल्टिदा २० जना यात्रु घाइते भएका छन् । डुम्रे देखि लमजुङ बेशीशहर तर्फ जाँदै गरेको ग १ ख ६४९८ नम्बरको बस भानु नगरपालिका–१ मोहरिया अनियन्त्रित भई पल्टिदा उक्त बस दुर्घटना भएको हो ।
प्रहरीका अनुसार घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । अन्य बाँकी सोह्र जनाको डुम्रे स्थित लक्ष्मी अस्पताल र मोति मेडिकलमा उपचार भइरहेको छ ।
घट्ना पछि चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । बसको साहुँ र चालकको खोजी कार्य भइरहेको छ,प्रहरी नायव उपरीक्षक थापाले भने “कालिका बस व्यवसायी समितिबाट संचालित बस भएको पुष्टि भएको छ ।”