
दमौली : सेतोगुराँस बालविकास सेवामा अध्ययन गरी एक वर्ष पुरा भएका बालवालिकाहरुलाई प्रमाण पत्र वितरण ,विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सेतोगुराँसमा भर्ना भई एक वर्ष पुरा भएको बालबालिकालाई प्रमाण पत्र दिएर विदाई गरिएको हो ।

प्रमुख अतिथि व्यास नगरपालिका वडा नं २ का वडा अध्यक्ष काशिराम श्रेष्ठले अभिभावकहरुको एकदमै महत्वपुर्ण भुमिका हुने बताए । आफ्नो बालबालिका पढेका ठाउँमा दिउँसोको समयमा पनि आएर हेर्न अभिभावकहरुलाई अनुरोध गरे । अव केहि समय पछि सेतोगुराँस बालविकास संस्था बालकल्याण भवनमा सारिन लागेको पनि वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


त्यसै गरी कार्यक्रममा सेतोगुराँसका शिक्षिका देवि दाहाल पाण्डे,मनुमाया आले, मायादेवि थापा र राममाया थापा सम्मानित भएका थिए भने अभिभावक ज्ञान बहादुर प्रधान र विद्यार्थी नानीबाबुहरुलाई पनि सम्मान गरिएको थियो ।

सेतोगुराँस बालविकास संस्थालाई बालकल्याण भवनमा सारिदै

व्यास नगरपालिका वडा नं २ मा रहेको सेतोगुराँस बालविकास संस्था बालकल्याण भवनमा सारिदै छ । अहिले भएको ठाउँबाट अन्यत्र सारिनुमा सेतोगुराँसमा अध्ययनरत नानीबाबुका अभिभावकहरुले गुनासो गरेका छन् । विदाई कार्यक्रममा आउने एकजना अभिभावकले भने यहाँ जस्तो मिलेको ठाउँ अन्त नहुने र बालबालिकालाई यहि जस्तो सुरक्षा नहुने पनि बताए । सके सम्म यहि नै राखेको राम्रो हुने बताउदै वडाले पनि यो सस्थालाई अन्त नसारिदिन अनुरोध गरे ।

त्यस्तै अर्की समाज सेवि गोमा धितालले बच्चाहरुलाई तला थपेको ठाउँ त्यति उचित नहुने पनि बताईन् । राम्रो संरचना भई सकेको ठाउँ, सकभर यहि भएको भए हुने थियो भन्ने अभिभावकहरुको पनि गुनासो आएको हुनाले राजतितिज्ञ हिसावले अन्यत्र सारिनु गलत भएको बताईन् । बालमैत्री यहि भएको हुनाले अव नयाँ सर्ने ठाउँमा व्यवस्थापन गर्न धेरै गार्हो हुने बताईन । अभिभावकमुखि र बालमैत्रीमुखी यहाँ धेरैको तर्क आएकोले आफुले केहि तर्क राखेको बताउदै एक पटक यो सस्था सार्ने विषयमा सोचि दिन पनि अनुरोध गरिन् ।


सेतोगुराँस बालबाटिकाकी अध्यक्ष सरिता भण्डारीकोको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको सहजीकरण शिक्षिका देवि दाहालले गरेकी थिईन भने यस सेतोगुराँस बालविकास सेवामा ४० जना वालवालिका नानीबाबु रहेका छन् ।