कांग्रेसमा फर्केका पराजुलीले पाए नयाँ जिम्मेवारी

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाली कांग्रेसले पुष्पराज पराजुलीलाई नयाँ जिम्मेवारी दिएको छ । 

झन्डै एक दशक यता नेपाली कांग्रेस छाडेका पराजुलीले गत पुस १७ गते पार्टी परित्याग गरेका थिए । 

कांग्रेस सभापति देउवाले उनलाई बुधबार पार्टीको नयाँ जिम्मेवारी दिएका हुन् । देउवाले उनलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ०८१ चैत १० गतेको बैठकको निर्णय अनुसार कांग्रेसको महाधिवेशन प्रतिनिधि र केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा मनोनयन गरेका हुन् । 

“नेपाली कांग्रेसमा सगौरव प्रवेश गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४ (१०) (ग) र (ङ)को व्यवस्था तथा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८१ चैत्र १० गतेको बैठकको निर्णय अनुसार, सोही विधानको धारा २५ बमोजिम, तपाईंलाई नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा मनोनयन गरेको छु,” सभापति देउवाले हस्ताक्षर गरेको मनोनयनपत्रमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्