भुमी समस्या समाधान आयोग तनहुँको एकदिने अभिमुखिकरण

दमौली न्युज
  • ख-
  • ख+

दमौली: भुमी समस्या समाधान आयोग तनहुँ र स्थानीय पालिका अन्तर्गत एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । व्यास नगरपालिका वडा नं ११को कार्यालयमा आयोग संग सम्बन्धित काम कर्तव्य र अधिकारका बारेमा एकदिने अभिमुखिकरण कार्यक्रम गरीएको हो।

व्यास नगरपालिकाका वडा नम्वर ११ का वडा अध्यक्ष दल बहादुर दुराको अध्यक्षतामा भएको सो कार्यक्रममा विशेष उपस्थितिका रूपमा रहेका भुमी समस्या समाधान आयोग तनहुँका बिज्ञ सदस्य श्रीराम कार्किले आयोगले गर्ने काम कर्तव्य र अधिकारका बारेमा स्पष्ट पार्नुका साथै आयोगले छिटो भन्दा छिटो भुमिहिन दलित भुमिहिन सुकुम्बासीको समस्या समाधान गर्ने बताए ।

कार्यक्रममा नापी कार्यालय तनहुँका सर्वेक्षक एवं भुमी समस्या समाधान आयोगका तर्फबाट टोलि प्रमुख बलराम घिमिरेले नापजाँच मापदण्ड बारेमा स्पष्ट पारे । व्यास नगरपालिकाका घर नक्सा आवास शाखा प्रमुख ई. अमृत केसिले नगरपालिकाको तर्फबाट आयोगको कामलाई पुर्ण सहयोग गर्ने बताए । त्यस्तै व्यास नगर भुमी शाखाको अवस्था र प्रगति विवरण बारेमा ई सुभाष गौतमले स्पष्ट पारेका थिए ।

कार्यक्रममा राजनीति दलका प्रतिनिधिहरु नेकपा एमाले जिल्ला सदस्य बिरेन्द्र अधिकारी, पालिका वडा सदस्यहरु, वडा सचिव, एमाले वडा कमिटी अध्यक्ष बाबुराम अधिकारी, नेपाली कांग्रेसका नेता सुर्य प्रसाद तिवारी, नेकपा माओवादी केन्द्रका नेता दिनेस घले लगायतले जिज्ञासा र सुझाव राखेका थिए !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्